सर्लाहीमा बस दुर्घटना, २३ जना घाइते



काठमाडौँ,असोज ३१ । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न(१२ स्थित बाँकेको जंगलमा आज(सोमबार)बिहान यात्रुबाहक बस अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन् ।काठमाडौंबाट भैरहवा जाँदै गरेको बा ४ ख ३३७७ नम्बरको बस बिहान करिब ३ बजेतिर बाँकेको जंगलमा एक्कासि अनियन्त्रित भएर सडक छेउमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर बसमा सवार रहेका ३३ जना यात्रु मध्ये २३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ । डिएसपी यादवका अनुसार २ जना गम्भीर घाइते,११ जना मध्यम घाइते र १० जना सामान्य घाइते भएका छन् ।

गम्भीर घाइतेहरुलाई थप उपचारको लागि झापा रेफर गरिएको र मध्यम घाइतेहरुको जिल्लामै विभिन्न स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ भने सामान्य घाइतेहरु प्राथमिक उपचार पश्चात् आआफ्नो गन्तव्य तर्फ गइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्