नवनियुक्त मन्त्री साहद्वारा पदभार ग्रहण



काठमाडौं,साउन २९ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले  पदभार ग्रहण गरेकी छिन् ।

साेमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएसँगै उनले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् । 

राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलबाट मन्त्री साहले  शपथ लिएकी हुन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट मन्त्री अमनलाल मोदीलाई पार्टीले फिर्ता बोलाएसँगै जनमत पार्टीकी सांसद अनितादेवी साह मन्त्रीमा नियुक्त भएकी हुन् । 

प्रतिक्रिया दिनुहोस्