आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?



काठमाडौँ,मंसिर १४ । नेपाली बजारमा सुनको मूल्यको नयाँ रकर्डले निरन्तरता दिएको छ । बुधबार हालसम्म कै उच्च मूल्य रहेको सुन आज स्थिर रहदै सोहि मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज अर्थात मंसिर १४ गते छापावाला सुनको मूल्य १ लाख १९ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी आज प्रतितोला एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्