ऋण, जहाज अभाव र व्यवस्थापकीय कमजोरीले नेपाल वायुसेवा निगम सङ्कटमा



काठमाडौँ, असोज ३० । दक्ष जनशक्तिको अभाव, जहाज कमी, बढ्दो ऋणभार र व्यवस्थापकीय कमजोरीका कारण नेपाल वायुसेवा निगम सङ्कटमा परेको छ। कुनै समय युरोपका प्रमुख सहरसम्म उडान भर्ने निगमको अन्तर्राष्ट्रिय प्रतिस्पर्धी क्षमता कमजोर बन्दै गएको छ।

उड्डयन क्षेत्रका जानकारले निगम सुधारका लागि सरकारी लगानी, रणनीतिक साझेदारी, जहाज थप्ने, व्यावसायिक नेतृत्व र संस्थागत सुशासन आवश्यक रहेको बताएका छन्। निगमको ऋण करिब ५५ अर्ब रुपैयाँ पुगेको र नेपाली हवाई बजारमा यसको हिस्सा १५ देखि १६ प्रतिशत मात्र रहेको पूर्वनिर्देशक अच्युतराज पहाडीले बताउनुभएको छ।

निगम सुधारका लागि विगतमा गठित अध्ययन समितिका सुझाव कार्यान्वयन गर्न, ऋणको ब्याजदर पुनरवलोकन गर्न, दक्ष प्राविधिक जनशक्ति व्यवस्थापन गर्न तथा युरोपेली सङ्घको कालोसूचीबाट हट्न पहल गर्नुपर्नेमा जानकारले जोड दिएका छन्।

निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले संरचनागत सुधार, प्रभावकारी मर्मतसम्भार र अन्तर्राष्ट्रिय उडान विस्तारमार्फत निगमलाई वित्तीय रूपमा सक्षम बनाउने काम अघि बढाइने बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्