३२ प्रतिशत किसान परिवारमा महिला घरमूली



काठमाडौं,मंसिर १६ । नेपालमा ३२ प्रतिशत घरपरिवारमा महिला घरमूली भएको तथ्यांक सावर्जनिक भएको छ । 

दिगो विकास लक्ष्यको सूचकसम्बन्धी राष्ट्रिय कृषि गणना २०७८ बाट प्राप्त नतिजाले यस्तो तथ्यांक देखाएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कृषि कार्यमा संलग्न ६२ प्रतिशत घरपरिवारमध्ये ३२ प्रतिशतमा महिला घरमूली छन् । 

तथ्यांक अनुसार नेपालमा कृषिमा संलग्न जनसंख्या १ करोड ३२ लाख ११ हजार ३ सय ४९ छ, जसमा महिलाको संख्या ६८ लाख ६३ हजार ४ सय १२ छ भने पुरुषको संख्या ६३ लाख ४७ हजार ९ सय ३६ रहेको पाइएको छ ।

कृषि जनसंख्याको समग्र उत्थान तथा महिलाको सशक्तीकरणमा कृषि जमिनको पहुँच वा स्वामित्वको अवस्थाले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्