युनानमा ५.० म्याग्निच्युडको भूकम्प



एजेन्सी,मंसिर १६ । युनानमा ५.० म्याग्निच्युडको भूकम्प गएको छ । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको देहोङ दाइको मङ्सी सहर र जिङपो स्वायत्त प्रान्तमा शनिबार बिहान १ः३६ मिनेटमा ५.० म्याग्नीच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको हो ।

१० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु २४.२६ डिग्री उत्तर अक्षांश र ९८.०८ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ । लिंकाङ सहर, बाओसान सहर र डालीबाई स्वायत्त प्रिफेक्चर लगायतका प्रान्तका धेरै ठाउँमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पको केन्द्र युनानको राजधानी कुनमिङबाट ४७६ किलोमिटर टाढा रहेको प्रान्तीय भूकम्प मापन ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्