एनसेलले सरकारलाई पठाएको पत्रमा के छ ?



काठमाडौँ,मंसिर २० । एनसेलको नेपाल दूरसञ्चार प्राधिकरणले सोधेको स्पष्टिकरणको जवाफ दिएको छ । सेयर खरिद बिक्रीबारे प्राधिकरण सोधेको स्पष्टिकरण एनसेलले दिएको हो ।

आजियाटले केहीदिन अघि एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दै नेपाल बाट बाहिरिने घोषणा गरेको थियो । उसले यसबारेका सम्बन्धित कागजात उपलब्ध हुनासाथ प्राधिकरणलाई बुझाउने भन्दै पत्र पठाएको हो ।

एनसेलले मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै सेयर खरिदबिक्रीको कागजात संकलन गरिरहेको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्