क्रिकेटको ‘ए’ टीम बनाउने क्यानको घोषणा



काठमाडौँ,पुस १९। नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आधिकारिक ‘ए’टीम घोषणा गर्ने भएको छ । क्यानका सचिव पारस खड्काले आगामी प्रधानमन्त्री कप लगत्तै ए टीमको घोषणा गर्ने बताएका हुन् ।

राष्ट्रिय टिमको धेरै म्याच भएकाले ए टीम एकदमै जरुरी भएको खड्काले बताए । टी–२० विश्वकपका लागि छनोट भएको राष्ट्र क्यानडाले नेपालमा खेल्न इच्छा व्यक्त गरेको उनले बताए ।

आगामी फेब्रुअरीमा क्यानडाको टीम नेपाल आउने छ ।

प्रतिक्रिया दिनुहोस्