पञ्चकन्या गाउँपालिकास्तरीय चौथो अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न



नुवाकोट,पुस २० । जिल्लाको पञ्चकन्या गाउँपालिकास्तरीय चौथो अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

पञ्चकन्या गाउँपालिकाद्वारा यहीँ पुस १८ देखि २० गतेसम्म सञ्चालित चौथो अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा राष्ट्रिय माध्यमिक विद्यालय कबिलासले प्रथम स्थान हासिल गरेको छ ।

त्यस्तै प्रतियोगितामा इन्द्रायणी माध्यमिक विद्यालय द्वितीय, पञ्चकन्या माध्यमिक विद्यालय तृतीय भएको छ। भलिबल बिधातर्फ भने राष्ट्रिय माद्यामिक विद्यालय, उदयजालपादेवी माध्यमिक विद्यालय र मंगलादेवी माध्यमिक विद्यालयले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन। प्रतियोगिता समापन समारोहमा गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष बिमला केसी, वडा जनप्रतिनिधि, विद्यालय, शिक्षक, विद्यार्थी, कर्मचारी लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्