नेकपा एमाले नुवाकोट विदुरको अध्यक्षमा सञ्जिवबहादुर श्रेष्ठ निर्वाचित



नुवाकोट,माघ ३० । नेकपा एमाले विदुर नगर कमिटीको अध्यक्षमा सञ्जिवबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न दोस्रो नगर अधिवेशनको मतदान मतगणनाअनुसार उनले निकतम प्रतिद्वन्धि अनुजकुमार श्रेष्ठलाई ४८ मतान्तरको मतले हराए । उनलेले १५८ मत प्राप्त गर्दा अनुजले १०६ मत मात्र प्राप्त गरे । उनीसँगै प्यानलनै विजयी भएका छन् ।

यस्तै, नगर कमिटीको उपाध्यक्षमा फराकिलो मतको अन्तरले श्यामकृष्ण चालिसे निर्वाचित भए । उनले १७३ मत प्राप्त गर्दा प्रतिद्वन्धि देवनारायण चित्रकारले ९० मत प्राप्त गरे ।सचिवमा तोयानाथ तिमिल्सिना निर्वाचित भए । उनले १४८ मत प्राप्त गरे भने उपेन्द्र रिमालले १०८ मत हासिल गरे ।

उपसचिव खुल्लामा पूर्णबहादुर कार्की निर्वाचित भए । उनले १३३ मत प्राप्त गर्दा डिल्लीप्रसाद गजुरेलले ११८ मत प्राप्त गरे । महिला उपसचिवमा करिना नेपाल निर्वाचित भए । उनले १३७ मत प्राप्त गर्दा मुना पुडासैनी न्यौपानेले १०८ मत प्राप्त गरिन् । लेखा कमिटी अध्यक्षमा रामशरण तिम्सिनाले १२९ मत प्राप्त गरी निर्वाचित भए भने रामकृष्ण खड्काले ११८ मत प्राप्त गरे । मतदानमा २ सय ४७ मत खसेको थियोे।

प्रतिक्रिया दिनुहोस्