थप उपचारका लागि अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई काठमाडौं ल्याइँदै

काठमाडौं,फागुन ३ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई थप उपचारको लागि काठमाडौं ल्याइने भएको छ । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते भएका मन्त्री पौडेल र मेयर आचार्यलाई थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याउन लागेको बताइएको छ ।
बेलुन पड्किदा मेयर आचार्यको गालामा चोट लागेको छ भने उपप्रधानमन्त्री पौडेलको टाउको र अनुहारका विभिन्न ठाउँमा आगोका झिल्काले पोलेको बताइएको छ । घटनापछि उपचारका लागि आचार्यलाई फिस्टेल अस्पताल र मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेजमा लगिएको छ ।
मन्त्री पौडेल र मेयर आचार्य दुवैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।