पञ्चकन्याको भद्रुटार र शिवपुरीको सुनखानी जोड्ने झोलुङ्गे पुल उद्घाटन

नुवाकोट,फागुन ३ । जिल्लाको शिवपुरी गाउँपालिका ७ सुनखानी र पन्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारको चुहानडाडा जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।
शनिबार एक कार्यक्रम बीच सो पुलको उद्घाटन गरिएको हो । कादुरी एग्रीकल्चरको सहयोगमा निर्माण गरिएको पुलको लम्बाई सुनखानीको डुम्रेदेखि चुहानडाडाको बान्द्रेसम्म ११८ मिटर रहेको छ ।
दुई वर्ष अगाडि सर्वेक्षण गरिएको यस पुल निर्माण सम्पन्न संगै १५ सय बढी नागरिक लाभान्वित हुने पुल उपभोक्ता समितिका अध्यक्ष सुर्यबहादुर कार्कीले बताए । पुल निर्माण पश्चात् चुहानडाडा हुँदै पञ्चकन्याका विभिन्न क्षेत्र ओहोरदोहोरका लागि समेत दुरी छोटिएको छ भने वर्षायाममा स्थानीयलाई खोला तर्नुपर्ने जोखिम हटेको छ ।
पुल उद्घाटन समारोहमा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ,कादुरी सस्थाका टेक्निकल डाइरेक्टर,डाक्टर नारायण गुरुङ, वडा अध्यक्ष माधवप्रसाद सिटौला, पुलका इन्चार्ज सुन्दर कुमार श्रेष्ठ, प्रोजेक्ट मेनेजर प्रदिपकुमार सिलुवाल, सुपरिभाइजर श्याम मगर लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा जग्गादाताहरु शिवपुरी ७ का सुर्यबहादुर श्रेष्ठ र पन्चकन्या ५ का चन्द्रबहादुर पराजुलीलाई सम्मानपत्र सहित खादा ओढाएर सम्मान गरिएको थियो ।