प्रेस सेन्टर नुवाकोटको अध्यक्षमा खनाल



नुवाकोट,फागुन ३ ।  प्रेस सेन्टर नेपाल नुवाकोटको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । चौथो जिल्ला सम्मेलनले नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा जगदीश खनाल निर्विरोध चयन भएका छन् । कार्यसमितिको उपाध्यक्षमा सुजित भण्डारी, महिला उपाध्यक्षमा प्रितिका थापा चयन भएका छन् ।

त्यस्तै सचिवमा प्रल्हाद पुडासैनी, सहसचिवमा दिपेश न्यौपाने, समाबेशी सहसचिवमा सुनिता गुरुङ, कोषाध्यक्षमा द्वारिका प्याकुरेल र सदस्यहरूमा पुण्यप्रभा ढुङ्गाना, करुणा लामिछाने, पार्वती बिक र बिनिता पनेरु चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्