शानदार म:ममा आगलागी हुँदा घाइते थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या चार पुग्यो

काठमाडौ,फागुन ४ । कमलपोखरीस्थित शानदार म:मको भवनमा आगलागीबाट घाइते थप एक जनाको मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका ढुंर्खक घर भई काठमाडौं महानगरपालिका कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा रहेका छन्। एसपी बोहोराले जानकारी दिए अनुसार उनको मृत्यु गएराति ११:४५ बजे भएको हो।
माघ २३ गते शानदार म:ममा ग्यास लिक भएर आगलागी भएको थियो। उक्त आगलागीबाट ११ जना कामदार घाइते भएका थिए। घाइतेमध्ये तीन जनाको यसअघि नै उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो।