नेपाल शिक्षक संघ शिवपुरीको सातौं प्रतिनिधि सभा तथा निबृत्त शिक्षक सम्मान कार्यक्रम सम्पन्न

नुवाकोट,फागुन ४ । नेपाल शिक्षक संघ, शिवपुरीको स्थानीय सातौं प्रतिनिधि सभा तथा निवृत्त शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार शिवपुरी-५, सेराबगर स्थित अन्नपूर्ण रिभरभ्यु रिसोर्टमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लामो समय शिक्षण पेशामा समर्पित भई शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिने निवृत्त शिक्षकहरू ओम श्रेष्ठ, शिवराज सिटौला र शंकरकुमार श्रेष्ठलाई सम्मानपत्र सहित सम्मान गरिएको थियोे ।
कार्यक्रममा प्रतिनिधि सभामा संघको भावी रणनीति, शिक्षक हकहितका मुद्दाहरू, शैक्षिक सुधार, तथा संघको भूमिकाबारे गहन छलफल समेत भएको थियोे । कार्यक्रममा सहभागी शिक्षकहरूले संघका गतिविधिलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण सुझाव तथा योजनाहरू प्रस्तुत गरे ।
कार्यक्रमका प्रमुख अतिथि गोविन्द प्रसाद थपलियाले शिक्षाको गुणस्तर सुधार, शिक्षकहरूको हकहित संरक्षणमा संघको भूमिका महत्वपूर्ण रहेको बताउँदै संघलाई अझ सक्रिय भएर कार्य गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल शिक्षक संघ नुवाकोट जिल्ला कार्यसमितिका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, प्रदेश उपमहासचिव अर्जुन लामिछाने, संघका निवर्तमान अध्यक्ष रामबहादुर थापा, नेपाली कांग्रेसका हरि दुलाल, माधव भेटुवाल लगायतको उपस्थिति रहेकोे थियोे ।