प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई विशेष सम्बोधन गर्ने



काठमाडौ,फागुन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधन गर्दै छन् । आज बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिएका हुन् ।

बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले बिशेष सम्वोधन गर्नेगरी कार्यसूची प्रकाशन गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरको निमन्त्रणमा प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभामा सम्वोधन गर्न लागेका हुन्  ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको हो । यस अघि २०७५ साल बैशाख १६ गते तत्कालिन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गरेका थिए ।

प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधन गरेपछि घोराहीमा आयोजना हुने सभामा प्रधानमन्त्री ओली सहभागी हुनेछन ।

प्रतिक्रिया दिनुहोस्