प्रेस सेन्टर बागमती प्रदेश अध्यक्षमा अधिकारी



मकवानपुर,फागुन ६ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्षमा धु्रब अधिकारी सर्वसम्वत भएका छन् । सिन्धुपाल्चोकको सुकुटेमा भएको पाँचौ प्रदेश अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कमिटि निर्माण गरेको हो ।

कमिटिका उपाध्यक्षमा राजन अधिकारी, उपाध्यक्ष समावेशीमा गौतम जिरेल, उपाध्यक्ष महिलामा अन्जली तामाङ चयन भएका छन् । अधिवेशनले महासचिवमा नविन श्रेष्ठलाई चयन गर्दा सचिवहरुमा सुमन गैरे, मणिसुन्दर कोइराला, रोजन तामाङ र भावना रिजाललाई र गम्भिर विकलाई चयन गरेको छ । कोषाध्यक्षमा राजेन्द्र गजुरेल चयन हुँदा लेखा संयोजकमा बाल गोविन्द न्यौपाने तथा अनुशासन आयोग संयोजकमा मिना श्रेष्ठ चयन भएकी छिन् ।

समितिको सदस्यहरुमा यादव चौँलागाई, उमेश राई, सरला अधिकारी, रुपा गुरुङ लगाएत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्