अनलाइन बेटिङ : प्रहरीको अर्को छापा, २४ जना पक्राउ

काठमाडौ,फागुन ६ । बूढानीलकण्ठको एक घरमा अनलाइन बेटिङ खेलाइरहेको आशंकामा प्रहरीको दोस्रोपटक छापा मारेको छ। गएराति प्रहरीले छापा मारेपछि नेपाली र भारतीय गरी २४ जनालाई पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गएराति उक्त घरमा छापा मारेको थियो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यसअघि माघ २७ गते पनि प्रहरीले छापा मारेपछि केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।