टोखा-छहरे अन्तर्गत झोरको जङ्गलमा यात्रुवाहक बस दुर्घटना

काठमाडौ,फागुन ७ । टोखा-छहरे अन्तर्गत झोरको जङ्गलमा यात्रुवाहक बस दुर्घटना भएको छ ।
बुधबार दिउँसो नुवाकोटबाट काठमाडौतर्फ आइरहेको बा ५ ख २९८ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।
बस ब्रेक फेल भइ दुर्घटना भएको बुझिएको छ । घाइतेको उद्धार भैरहेको प्रहरीले जनाएको छ ।