नेपाल किसान महासंघ नुवाकोटको अध्यक्षमा पाठक



नुवाकोट,फागुन ७ । नेपाल किसान महासंघ नुवाकोटको अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न अधिवेशनमा अजय पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

निर्वाचन मण्डल र केन्द्रिय पदाधिकारीको उपस्थितीमा भएको अधिवेशनले गोपाल खनाललाई उपाध्यक्षमा चयन गरेको छ भने लिलादेवी फूयाललाई महिला उपाध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।

निवार्चन अधिकृत रामचन्द्र ढुङ्‌गेलका अनुसार कार्यसमितिको अन्य पदाधिकारीमा सचिवमा अमृत तिवारी, सहसचिवमा हरिकृष्ण अधिकारी, सदस्यहरुमा सरोज लामा, गोकर्ण न्यौपाने, कृष्णप्रसाद ओझा, सेल्करसिंह गुरुङ, गोर्कण खनाल, सावित्री थापा, श्रीकृष्ण गजुरेल, रामकुमार पाण्डे, माधवप्रसाद भट्ट, सुरेन्द्र तामाड रहेका छन् ।

त्यस्तै अन्य सदस्यहरुमा विष्णुप्रसाद श्रेष्ठ, रामकृष्ण पाण्डे, जगन्नाथ नेपाल, रमेश कुमार बस्नेत, विवा गुरुङ, सुनमाया तामाङ, बद्रिनाथ ढुङ्गाना, दिपक श्रेष्ठ, अञ्जु तामाङ, प्रमिला डगोल, तारा केसी चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्