सङ्घीय भाषा ऐन चाँडो ल्याउन पहल गर्छु : मन्त्री पाण्डे



काठमाडौ,फागुन ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जतिसक्दो चाँडो सङ्घीय भाषा ऐन ल्याउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा भाषा आयोगले आज यहाँ आयोजन गरेको ‘प्रादेशिक तथा लोपोन्मुख भाषासम्बन्धी’ अन्तरक्रियामा मन्त्री पाण्डेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहेको सङ्घीय भाषा ऐन ल्याउन सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले लोपोन्मुख भाषाको संरक्षण गर्नुपर्नेमा जोड दिँदै भने, “नेपालमा १३१ भाषा छन् । अझै बढ्न सक्छन्, भाषा आयोगको प्रमुख कर्तव्य नै भाषाको संरक्षण र संवद्र्धन गर्नु हो र संवद्र्धन तथा प्रवद्र्धन गर्नुपर्छ ।” 

भाषा बढ्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले भएका भाषा जोगाउन प्रमुख चुनौती रहेको बताए । उनले भने,“भाषा आयोगको प्रमुख चुनौती संविधानको मर्मअनुरूप भाषालाई जगाउनु हो, विकसित भएका भाषा त विकसित भएकै छन्, जसको सहारा कोही पनि छैनन्, ती भाषा जोगाउने काममा आयोगको महत्वपूर्ण भूमिका हुन्छ ।” 

प्रतिक्रिया दिनुहोस्