शनिबार नुवाकोटको लिखुदेखि शिवपुरीका विभिन्न स्थानसम्म ६ घण्टा बिजुली काटिने



नुवाकोट,फागुन १० । शनिबार नुवाकोटको लिखुदेखि शिवपुरीका विभिन्न स्थानसम्म ६ घण्टा बिजुली काटिने भएको छ।

नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्र अन्तर्गत चौघडा सबस्टेशनको फिडर नम्बर ३ बाट वितरण भएका लाईनहरुको बुस कटिङ तथा मर्मत संभार कार्य गर्नुपर्ने भएकोले विद्युत आपुर्ति बन्द हुने भएको हो ।

सो मर्मत अवधिमा लिखु गाउपालिकाको वडा नं. ५ हुदै थानसिंङ, छहरे, थानापती, पञ्चकन्या गाउपालिकाको आंपचौर, कविलास, भद्रुटार र शिवपुरी गाउपालिकाको सम्पुर्ण क्षेत्र चिसापानी सम्म बन्द हुने वितरण केन्द्रले जनाएको छ ।

विद्युत कटौती अवधिमा पर्न जाने असुविधाप्रति ग्राहकवर्गसंग वितरण केन्द्रले क्षमा मागेको छ । विद्युत कटौती अवधि विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म रहेको वितरण केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्