आगलागी हुँदा पाँच घर जलेर नष्ट



सुनसरी,फागुन १९ । सुनसरीको भोक्राहा नरसिंह –६ मा आगलागी भएको छ । आगलागीमा परेर पाँच घर जलेर नष्ट भएको छ । आइतबार साँझ लागेको आगोले चार परिवारको पाँचवटा घर जलेर नष्ट भएको छ ।

स्थानीय शिक्षक प्रदिप मेहताले दिएको जानकारीअनुसार भोक्राहा नर्सिङ –६ स्थित उराँव टोलमा आगलगी हुँदा बन्धु उराँव, बुधराम उराँव, गोपाल उराँव र सवो उराँव लगायतको घर जलेर नष्ट भएको छ । 

स्थानीयबासी, प्रहरी र कोशी गाउँपालिका, इनरुवा नगरपालिकालगायतका दमकलले आगो नियन्त्रणमा लिएको जनाएको छ । उता आइतबार दिउँसो  सुनसरीको हरिनगर गाउँपालिका –२ मा पनि आगलागी भएको छ ।

प्रतिक्रिया दिनुहोस्