सुन र चाँदीको मूल्य घट्यो, सुन तोलाको २ लाख ७० हजार २०० रुपैयाँ
काठमाडौं,कात्तिक २९ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर २ लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँ रहेको थियो।
सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएसँगै आज नेपाली बजारमा दुवै धातु सस्तिएका छन्।

