नुवाकोटमा यस वर्ष एसइईको लागि २१ ओटा परीक्षा केन्द्र

नुवाकोट,फागुन २० । आगामी चैत्र ७ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को लागि नुवाकोटमा २१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइले मंगलबार एक सुचना सार्वजनिक गर्दै जिल्लामा २१ ओटा परिक्षा केन्द्र निर्धाण गरेको जनाएको हो । परिक्षामा नुवाकोटबाट ४ हजार ६ सय १३ जना परिक्षार्थी सहभागी हुनेछन् ।
सो संख्यामा ९ सय ४५ जना भने ग्रेड वृद्धिका विद्यार्थी रहेका छन् भने प्राविधिक धारका २२६ विद्यार्थी रहेका छन् ।