हेटौँडामा बाटो छेकेर कुटपिट गर्ने ४ जना पक्राउ, ज्यान मार्ने उद्योगमा मुद्धा

हेटौंडा,फागुन २१ । मकवानपुरको हेटौँडामा बाटो छेकेर दुईजनालाई कुटपिट गर्ने चारजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनिहरु बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दायर गरि अनुसन्धान अघि बढाएको छ ।
फागुन १९ अर्थात गते हेटौँडा १५ पिपल चौतरा स्थित पुर्व–पश्चिम राजमार्गमा हेटौँडाबाट बिरगंज जाँदै गरेको बा.२१ च ६०७ नंबरको कारलाई दुईवटा मोटरसाईकलामा आएका चारजनाले बाटो छेकेर कार चालक बारा सिमरा २२ का बलराम दोङ र कारमा सबार सोहि स्थानमा महेश साहलाई मरणासन्न हुनेगरि पिटेका थिए ।
मधेश प्रदेश ०२–०३४ प १३७२ नंबर र प्रदेश ०२–०३४ प ४१२९ नंबरको मोटरसाईकलमा आएका बारा सिम्रौनगढ ४ का अजय गिरी, सञ्जय गिरी,शिवमंगल गिरी र रौतहट मौलापुर नगरपालिका वडा नंबर ६ का शिवम् गिरिले मोटरसाईकलबाटब बाटो छेकेर दोङ र साहलाई पिटेका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।