विष्फोटक पदार्थ सहित हेटौँडाबाट एकजना पक्राउ



हेटौंडा,फागुन २१ । मकवानपुर प्रहरीले विष्फोटक पदार्थ सहित मकवानपुरबाट एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नंबर ३ बसामाडीबाट एकजनालाई नियन्त्रणमा लिएको हो । पुर्वपश्चिम खडकखण्ड अन्तर्गत चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ८ ख ४२१४ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा बिस्फोटक पदार्थसहित हेटौंडा–१९ बस्ने अमृत घलानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरीका अनुसार झोलामा लुकाएर ल्याएको अवस्थामा ९० प्रीमिइर ३२ एम एम, एक्सप्लोसिभस क्लास–२ लेखिएको बिष्फोटक पदार्थ १ थान, नेगोजेल ९०१, क्याप सेन्सेटिभ इमुल्सिओन एक्स्पोल्सिभ नामक बिस्फोटक पदार्थ एक थान, सेतो गिलो बिष्फोटक पदार्थ २ थान, सुन्तला रंगको बिष्फोटक पदार्थ जस्तो देखिने गिलो पदार्थ ३ थान, कालो रंगको टेपले बेरी राखेको सेतो रंगको तार जोडेको बिद्युतीय डेटोनेटर ६ थान, कालो टेपले बेरी रातो सेतो रंगको तार जोडेको बिधुतिय डेटोनेटर २० थान गरि जम्मा ३३ थान र तार नजोडेको कालो टेपले बेरी राखेको डेटोनेटर १४ थान साथै डेक्कोड रंगको तार ३ फिट ६ ईन्चको १ थान, ३ फिट ८ ईन्चको १ थान फेला परेको हो । प्रहरीले बरामद गरिएको विष्फोटक पदार्थबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।

घलानलाई बिस्फोटक पदार्थ सम्बन्धि कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्