नुवाकोटको छहरे बजारमा बजाजको मोटरसाइकल साटासाट योजना

नुवाकोट,फागुन २२ । नुवाकोटको छहरे बजारमा बजाजको मोटरसाइकल साटासाट योजना सुुरु गरिएको छ । साटासाट योजनाअन्तर्गत जुनसुकै मोडल र ब्रान्डका मोटरसाइकलसँग बजाजका सबै मोडलका मोटरसाइकल साटासाट गर्न सकिनेछ।
स्थानीय वितरक जालपा अटो इन्टरप्राइजेज कम्पनी छहरेका निर्देशक दिपक अधिकारीले बजाज बाइकको लोकप्रियता र नुवाकोटको पूर्वी क्षेत्रका ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै योजना सुरु गरिएको बताए ।
बजाज मोटरसाइकलको साटासाट कार्यक्रमअन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्थाका साथै मोटरसाइकल साटेका ग्राहकलाई निःशुल्क बजाज मोटरसाइकल सामग्री उपलब्ध गराइने कम्पनीले जनाएको छ। साटासाट योजना यही फागुन २३ गतेसम्म रहेको अधिकारीले बताए ।