स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा देवकोटा



काठमाडौ,फागुन २२ । सरकारले सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार सचिवमा पदोन्नति पाएका डा देवकोटाले आज कार्यभार सम्हाल्नुहुने बताए ।

डाक्टर देवकोटासँगै अन्य दुई जनाको नाम सचिव बढुवाका लागि सिफारिस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्