जनकपुरमै टायर छुटेको विमान काठमाडौंमा सफल अवतरण



काठमाडौं,फागुन २२ । काठमाडौंका लागि जनकपुरबाट  उडेको बुद्ध एयरको विमानको अगाडिको टायर उड्ने क्रममा जनकपुरमै खसेपनि काठमाडौमा सुरक्षित अवतरण गरिएको छ ।

सो विमान बेलुका ५ः४५ को समयमा काठमाडौतर्फ उडेको थियोे यद्यपि उडानका क्रममा अगाडिको एउटा टायर जनकपुरमा नै छुटेको थियो ।

बुद्धको ९ एनएएनएच विमानको अगाडिको टायर उतै छुटेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, सुरक्षित अवतरण गरी पोस्ट फ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गियरको एउटा टायर नभेटिएको बताए ।

उनले परिक्षणका क्रममा टायर जनकपुरमा भेटिएको पुष्टि गरे । जहाजमा ६२ जना यात्रु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्