छहरे-टोखा सडकखण्डमा मिनिट्रक दुर्घटना



नुवाकोट,फागुन २२ । छहरे-टोखा अन्तर्गत गुर्जेभञ्ज्याङ् आर्मी चेक पोइन्ट नजिकै मिनिट्रक दुर्घटना भएको छ ।

बिहीबार साँझ करिब सात बजेको समयमा बा ५ ख ६७४७ नम्बरको आइचर मिनी ट्रक शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको गुर्जे आर्मी चेक पोइन्ट बाट काठमाडौं तर्फ ओरालो जाँदै गर्दा दुर्घटना भएको हो ।

नुवाकोटबाट आलु बोकेर आउँदै गरेको मिनीट्रक भञ्ज्याङ्बाट ओरालो लाग्नेबित्तिकै अनियन्त्रित भई सडकको कुनामा ठोक्किएर दुर्घटनाग्रस्त भएको स्थानीय जीवन गुरुङले बताए ।

दुर्घटनामा परि घाइते चालक र सहचालक टोखा बस्ने लक्ष्मण कार्की र गोपी थापा रहेको र नेपाली सेनाको सहयोगमा उद्धार गरी ट्रमा सेन्टर पठाइएको टोखा प्रहरीले जनाएको छ । क्षमता भन्दा बढी भार बोक्दा ओरालोमा ब्रेक फेल भएको हुनसक्ने प्रहरीको आशंका छ  ।

प्रतिक्रिया दिनुहोस्