सिन्धु कानुन समाजको पहिलो वार्षिक साधारण सभा सम्पन्न



काठमाडौ,फागुन २४ । सिन्धु कानुन समाजको पहिलो वार्षिक साभारण सभा सम्पन्न भएको छ । शनिबार नेपाल बार एशोसियशनको हलमा समाजका अध्यक्ष अधिवक्ता रामहरि नेपालको अध्यक्षता तथा नेपाल बार एशोसियशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा अध्यक्ष नेपालले समाजको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन र कोषध्यक्षले आर्थिक प्रतिवेदन पेश गरे । साधारणसभाले अधिवक्ता रामहरि नेपालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता कमलराज जोशी, बाग्मती प्रदेशका पूर्व मुख्यन्यायाधिवक्ता अधिवक्ता ज्ञानेन्द्र नेपाल, नेपाल बार काउन्सिलका सदस्य सचिव श्रीराम पौडेलसहि सय जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

सिन्धुपाल्चोकमा जन्मेर कानुन, न्याय, सरकारी वकिल तथा कानुन क्षेत्रमा काम गर्ने व्यक्तिहरु मिलेर काम गर्ने उदेश्यका साथ समाजको स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्