राप्रपालाई काठमाडौं महानगरको १ लाख जरिवाना



काठमाडौं,फागुन २५ । काठमाडौं महानगरपालिकाले वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख जरिवाना तोकेको छ ।

महानगरपालिकाका नगर प्रहरी निरिक्षक लिलाराज गाछा मगर थापाले  आइतबार राप्रपा मुख्यालयलाई पत्र लेख्दै यसबारेमा जानकारी गराएका हुन् ।  निर्वाचन आयोग, र काठमाडौं महानगरको प्रशासन विभागलाई पत्रको बोधार्थ दिइएको छ ।

पत्रमा भनिएको छ, ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेको।’

राप्रपाले आइतबार पूर्वराजाको स्वागतमा एयरपोर्ट, तिलगंगा गौशाला लगायतका क्षेत्रमा प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्