नुवाकोटको पञ्चकन्या र शिवपुरीका विभिन्न स्थानमा भोलि दिनभर विद्युत आपुर्ति बन्द हुने

नुवाकोट,फागुन २६ । नुवाकोटको पञ्चकन्या र शिवपुरीका विभिन्न स्थानसम्म भोलि दिनभर बिजुली काटिने भएको छ ।
नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्र अन्तर्गत चौघडा सवस्टेशनको फिडर नं. ४ बाट वितरण भएका ११ के.भी. लाईनको तार अपग्रेडिङ कार्य गर्नुपर्ने भएकोले बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपुर्ति बन्द हुने वितरण केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्र अन्तर्गत पञ्चकन्या गांउपालिकाको वडा नं. २, ३, ४ र शिवपुरी गाउपालिकाको वडा नं. ५ मा भोलि मंगलबार दिनभर बिजुली काटिनेछ ।
विद्युत कटौती अवधिमा पर्न जाने असुविधाप्रति ग्राहकवर्गसंग वितरण केन्द्रले क्षमा मागेको छ ।
