नुवाकोटको पञ्चकन्या र शिवपुरीका विभिन्न स्थानसम्म आज दिनभर बिजुली काटिने

नुवाकोट,फागुन २७ । नुवाकोटको पञ्चकन्या र शिवपुरीका विभिन्न स्थानसम्म आज दिनभर बिजुली काटिने भएको छ ।
नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्र अन्तर्गत चौघडा सवस्टेशनको फिडर नं. ४ बाट वितरण भएका ११ के.भी. लाईनको तार अपग्रेडिङ कार्य गर्नुपर्ने भएकोले मंगलबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपुर्ति बन्द हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्र अन्तर्गत पञ्चकन्या गांउपालिकाको वडा नं. २, ३, ४ र शिवपुरी गाउपालिकाको वडा नं. ५ मा आज दिनभर बिजुली काटिने वितरण केन्द्रले जनाएको छ ।
विद्युत कटौती अवधिमा पर्न जाने असुविधाप्रति ग्राहकवर्गसंग वितरण केन्द्रले क्षमा मागेको छ ।
