प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

काठमाडौ,फागुन २७ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । उनले दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकलाई सम्बोधन गर्ने कार्यसूची तय भएको हो । सोमबार बसेको प्रमुख सचेतकहरूको बैठकले प्रचण्डले बोल्नेबारे समय निर्धारण गरेको हो ।
यसअघि हिजो सोमबार सिंहदरबारमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानीमा जनताको समस्यामा सरकारको अझै ध्यान केन्द्रित हुन नसकेको कारण जनतामा निकै ठूलो निराशा बढेको बताएका थिए । उनले सरकार सेटिङमा आफ्ना मान्छे भर्ती गर्ने र नियुक्ति गर्नेतिर मात्रै केन्द्रित हुँदा प्रतिक्रियावादी शक्तिहरुले मौका पाएको आरोप लगाउँदै यसको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखेका थिए ।
संसदमै रहेका दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजावादीहरुको गतिविधि बढेको भन्दै माओवादी केन्द्रले गरिरहेको तराई मधेश स्थगित गरेर प्रचण्ड शनिबार नै काठमाडौं फर्केका थिए। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा राजावादीहरुले आइतबार गरेको भव्य स्वागतपछि राजनीतिक बृत्त तरङ्गित भएको बेला प्रचण्डले संसदमा सम्बोधन गर्न लागेका हुन्।