पूर्वराजा ज्ञानेन्द्रलाई दुर्गा प्रसाईंले भने- तपाई सारथी भएर रथ हाँक्नुस्, म अर्जुन भएर वाण चलाउँछु



काठमाडौ,फागुन २७ । मेडिकल व्यापारी दुर्गा प्रसाईले राप्रपाले राजा फर्काउन नसक्ने बताएका छन् । आइतबार पूर्व राजा ज्ञानेन्द्र शाह पोखरबाट काठमाडौं फकिँदा काठमाडौंमा राजावादीहरुले भव्य स्वागत गर्दा अग्र भागमा रहेका प्रसाईले मंगलबार आफ्नै घरमा एक हुल युट्युबर बोलाएर सो दाबी गरेका हुन् ।

पूर्व राजा ज्ञानेन्द्रलाई राप्रपालगायतका राजावादी दल र संस्थाले स्वागत गरेका थिए । उक्त स्वागतको आयोजक राप्रपा थिएन् । यद्यपि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत विमानस्थलमा नै पुगेका थि । दुवै अध्यक्ष विमानस्थल पुग्दा राप्रपा नै आयोजक जस्तो देखिएको र सो पार्टीले जस लिन खोजेको सुईको पाएपछि प्रसाईले आज युट्युबर बोलाएका थिए । सो सम्मेलनमा उनले आफू राजाको मात्र संगत गर्ने आन्दोलन गर्नुपर्छ भने राजासँग मिलेर गर्ने भन्दै राप्रपालाई गोठालाको संज्ञा दिए ।

प्रसाईले पूर्व राजा ज्ञानेन्द्रलाई सारथी भएर रथ हाँक्न अनुरोध गर्दै आफू अर्जुन भएर वाण चलाउने बताए । उनले भने ‘म कसैको गोठाला होइन । राजाले पनि धैर्य गरेर सोच्नुहोला । तपाईँले यो लडाइँमा सारथी भएर रथ हाँक्नुस्, म अर्जुन भएर वाण चलाउँछु । कलियुगमा दुर्गा प्रसाईँजस्तो ‘अर्जुन’ अर्को भेट्टाउनुभएछ भने मलाई भन्नुहोला । तपाईँले देखिसक्नुभयो । गणतन्त्रमा जाने भोज खाने । ओलीसँग फोन गर्ने । माहोल बन्यो भने यसो परिहाल्छ कि भनेर ढोक्सा थाप्ने’ ।

प्रतिक्रिया दिनुहोस्