भोलि नमस्ते पासाङ ल्हामु यातायातका गाडी नचल्ने

नुवाकोट,फागुन २८ । भोलि नमस्ते पासाङ ल्हामु यातायातका गाडी नचल्ने भएको छ । नमस्ते पासाङ ल्हामु यातायात प्रालिले आफू मातहतका सम्पूर्ण सवारी साधनहरू भोलि बिहीबारका नचलाउने भएको हो ।
सो समितिले जारी गरेको सूचनामा फागुपूर्णिमाका दिन सवारी सेवा बन्द रहने जनाइएको छ। उक्त दिन आफ्नो व्यक्तिगत निर्णयमा सवारी सञ्चालन गरे गाडी धनी स्वयं जिम्मेवार हुने उल्लेख गरिएको छ।
यातायात प्रालिका अध्यक्ष रामहरी श्रेष्ठका अनुसार फागुण ३० गते बिहानैदेखि गाडीहरू नियमित रूपमा सञ्चालनमा आउने छन्। उनले यात्रुहरूलाई पर्न गएको असुविधाप्रति क्षमा मागेका छन् ।
