मकवानपुरमा बकैयामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

हेटौंडा,फागुन १८ । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर-४ जुरेलीमा भएको दुर्घटना स्थानीय रुपक दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मदन भण्डारी राजमार्ग अन्तरगत जुरेली बजार क्षेत्रमा हात्तिसुडे बाट ठुलोदमार तर्फ जादै गरेको बा ४० प ५३०६ नं. को मोटरसाईकल घुम्तिमा मोडने क्रममा आफै अनियन्त्रित भई दुर्घटना हुदा चालक दियाली गम्भीर घाईते भएका थिए ।
उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाई छ ।