नुवाकोट आर्दश बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित

नुवाकोट,फागुन २९ । नुवाकोटको विदुर ४ बट्टारमा रहेको नुवाकोट आर्दश बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।
निर्वाचन समितिका संयोजक पुर्ण बहादुर सडौलाले राजीनामा दिएपछि अनिश्चितकालका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगित गरिएको हो ।
क्याम्पस प्रमुख नारायणमान डंगोलले सूचना जारी गर्दै अर्को निर्वाचन समिति गठन भै निर्वाचनको मिति तय नभएसम्मका लागि निर्वाचनका सबै कार्यक्रम स्थगित गरिएको बताएका हुन् ।
निर्वाचन समितिका संयोजक सडौलाले निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा असहज परिस्थित उत्पन्न भएको बताउँदै आईतवार राजीनामा दिएका थिए ।
