टोखा पञ्चेटारमा भयानक मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

काठमाडौ,चैत २ । टोखा-छहरे सडक अन्तर्गत टोखा नगरपालिका २ पञ्चेटारमा भयानक दुर्घटना भएको छ ।
नुवाकोटबाट काठमाडौं तर्फ आइरहेको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको स्थानीय रवि डङ्गोलले बताए ।
काठमाडौंबाट नुवाकोटतर्फ गइरहेको दुईवटा भ्लगरको मोटरसाइकलले काठमाडौ आइरहेको मोटरसाइकल साइकललाई ठक्कर दिएको डङ्गोलले बताए । अहिले स्थानीय बाटो बन्द गरि दोषीलाई कडा कारबाहीको माग गरिरहेका छन् । घटनाको प्रहरीद्वारा अनुसन्धान भैरहेकोले थप विवरण आउन बाकी छ ।