मानव बेचबिखन गरेको आरोपमा नुवाकोटका हिरा तामाङ पक्राउ

काठमाडौं,चैत ४ । मानव बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का हिरा तामाङ छन् । तामाङलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले आइतबार बबरमहलबाट पक्राउ गरेको हो ।
इराकमा आकर्षक तलब हुन्छ भन्दै प्रलोभन देखाएर उनले एक जनालाई दुबई हुँदै इराक पुर्याएर मानव बेचबिखन गरेको आरोप छ । तामाङले इराकमा बन्धक बनाएको अवस्थामा ५ फ्रेबुअरी २०२५ मा उम्कन सफल भएका व्यक्ति नेपाल फर्केका थिए ।
उनैले दिएको जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले बताउनुभयो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जनाइएको छ ।