२५ करोड रुपैयाँ नगदसहित झोरबाट एकजना पक्राउ



काठमाडौं,चैत ५ । काठमाडौंको टोखा नगरपालिका १ झोरबाट २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखास्थित झोर क्षेत्रबाट एक जनालाई उक्त परिमाणको नगद रकमसहित पक्राउ गरेको हो । पक्राउ परेका व्यक्ति, ट्रक र नगदबारे अनुसन्धान भैरहेकाले प्रहरीले यसबारे थप बताउन चाहेन।

यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्