परराष्ट्रमन्त्री आरजु राणा र भारतीय समकक्षी एस जयशंकर बीच भेटवार्ता

नयाँदिल्ली,चैत ५ । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकर बीच मंगलबार नयाँ दिल्लीमा रायसिना संवादको साइडलाइनमा भेटवार्ता भएको छ।
परराष्ट्रमन्त्री राणाले उक्त भेटलाई अत्यन्तै फलदायी बताएकी छन्। उनले भनिन्, “महामहिम जयशंकरसँग हामीले द्विपक्षीय सम्बन्धको समीक्षा गर्यौँ, विभिन्न क्षेत्रहरूमा जारी सहयोगको बारेमा छलफल गर्यौँ, र जनतामाझ र कूटनीतिक आदानप्रदानको वृद्धि गर्नका लागि नयाँ अवसरहरू पहिचान गर्यौँ।”
भेटको क्रममा परराष्ट्रमन्त्री राणाले भारतको छिमेकी पहिलो नीतिको प्रशंसा गर्दै नेपालले भारतसँगको सम्बन्धलाई निरन्तर प्राथमिकता दिने कुरा व्यक्त गरिन्।