नुवाकोट बेलकोटगढीको महादेव बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी



नुवाकोट,चैत ५ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा रहेको महादेव बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यनिुयन (स्ववियू) निर्वाचनमा नेविसंघको पुरै प्यानल विजयी भएको छ ।

अध्यक्षमा नेविसंघका दिपा नेपालले ५२ मत प्राप्त गरेर निर्वाचित हुंदा नेकपा एमाले निकट अनेरास्ववियुका प्रज्वल लामिछानेले २५ मत प्राप्त गरेका छन् । ११४ मतदाता रहेको क्याम्पसमा ८८ मत खसेको थियो ।

सचिवमा नेविसंघकै रोजन घिमिरे र कोषाध्यक्षमा कविना अधिकारी यसअघिनै निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा नेविसंघकै सुस्मिता घले, शान्ति राई र कृष्मा लामिछाने विजयी भएका छन् । समानुपातिकमा नेविसंघले ५५ र अनेरास्ववियुले २४ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्