धादिङमा पानीको ड्रममा डुबेर डेढ वर्षीया बालिकाको मृत्यु



धादिङ,चैत १० । धादिङको नीलकण्ठ नगरपालिका-४ पौवामा पानीमा डुबेर डेढ वर्षीया बालिकाको ज्यान गएको छ ।

सन्जिव परियारको डेढ वर्षिया छोरी सन्जिवनीको मृत्यु भएको नीलकण्ठ नगरपालिका-४ का वडा अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार घरको आँगनमा रहेको पानीको ड्रममा खेल्ने क्रममा पानीमा डुबेर बालिकाको ज्यान गएको हो । मृतक बालिकाको बुबा कामको शिलशिलामा घर बाहिर छन् । आमा घर भित्रको काम गरिरहेको समयमा घरको आँगनमा रहेको पानीको ड्रममा डुबेर बालिकाको ज्यान गएको हो । मृतक बालिकाको शव पोष्टपार्टमको लागि धादिङ अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्