प्रधानमन्त्री ओलीद्वारा अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता



काठमाडौं,असार १७ । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

प्रधानमन्त्री ओलीले बैठकमा अल्पविकसित मुलुकहरूका विकास चुनौती, वित्तीय सहायता, ऋण व्यवस्थापन, र दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको विषयमा जोड दिए । उनले विश्व समुदायलाई न्यायपूर्ण र समावेशी वित्तीय प्रणाली निर्माणमा सहकार्य गर्न आग्रह गरेका छन् ।

बैठकमा सहभागी देशहरूले दिगो विकासका लागि सहयोग र साझा प्रतिबद्धताको महत्त्व औँल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्