नुवाकोट भद्रुटारका दुई किशोरी २ दिनदेखि बेपत्ता, खोजी कार्य जारी

नुवाकोट,असार १७ । जिल्लाको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका दुई जना किशोरी दुई दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पञ्चकन्या ५ भद्रुटारस्थित भेडाबारीका वर्ष १४ की रजिना फुयाल र वर्ष १७ की बिनिता बिक रहेका छन् ।
उनीहरु असार १५ गते घरबाट नजिकै रोपाइँ मेलामा गीत सुन्न भन्दै निस्किएका थिए । तर त्यसयता उनीहरु सम्पर्कविहिन भएका हुन् । हराएको दुई दिन बितिसक्दा पनि दुबै युवतीको अवस्था पत्ता लाग्न सकेको छैन ।
मेलमिलाप केन्द्र भद्रुटारका संयोजक मनोहर भट्टराईका अनुसार आफन्त तथा अन्य सम्पर्कमा समेत खोजतलास गर्दा पनि उनीहरुको अत्तोपत्तो लागेको छैन । परिवार, स्थानीयवासी र प्रहरीको सहयोगमा खोजी कार्य जारी रहेको छ ।