पूर्वराष्ट्रपति भण्डारीले सुरक्षा बाहेक कुनै पनि सेवा सुविधा नलिने घोषणा

काठमाडौं,असार १८ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधामध्ये सुरक्षा बाहेक कुनै पनि सेवा सुविधा आजै मितिदेखि नलिने घोषणा गरेका छन् ।
उनको सचिवालयबाट गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा पूर्वराष्ट्रपति भण्डारीले आजकै मितिदेखि लागू हुने गरी सुरक्षा बाहेकका कुनै पनि सेवा सुविधा नलिने निर्देशन भएको उल्लेख छ ।
पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गरी सेवा निवृत्त भएपछि पूर्व राष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधा लिँदै आएका थिए ।