नुवाकोट तादी खोलामा बेपत्ता भएका युवकको शव १७ दिनपछि फेला



नुवाकोट, असार २०। नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ कुटुङखोला बस्ने २६ वर्षीय नोनो शेर्पाको शव तादी खोलाबाट फेला परेको छ।

गत असार ३ गते दिउँसो ११:४५ बजे तादी खोलामा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका शेर्पाको शव १७ दिनपछि शुक्रबार बिहान करिब १०:३० बजे दुप्चेश्वर गाउँपालिका–६ टटलेस्थित तादी खोलाको बगरमा सडेको अवस्थामा फेला परेको हो।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी अधिकृतसहितको टोली खटिएको थियो। प्रहरीले लाश जाँच, प्रकृति मुचुल्का तयार गरी प्रारम्भिक अनुसन्धान गरेको छ।

मृतकको शव पोस्टमार्टमका लागि त्रिशुली अस्पताल लगिएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्